दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका हुन् । 'यो सरकार पनि कति दिन चल्ने हो…