उपचार गरेर आज स्वदेश फर्किए प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह भारतको नयाँ दिल्लीमा एक महिना लामो उपचार गरेर आज स्वदेश फर्किएका छन् । मूत्र प्रणालीमा समस्या देखिएपछि चिकित्सकको सिफारिसमा नयाँ दिल्ली गएका सिंहले गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचार गराएका थिए । जेठ २१ गते उनको अप्रेसन गरिएको थियो । स्वास्थ्य सुधार भएपछि प्रकाशमान स्वदेश फर्किएको उनकी श्रीमती सिर्जना सिंहले…