साउथ पाड्रे आइल्यान्ड (अमेरिका) । स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मंगलबार हिन्द महासागरमा विस्फोट भएको छ । यो विस्फोटले अर्बपति एलन मस्कको मङ्गल ग्रहमा बसोवास गर्ने सपनाको केन्द्रमा रहेको रकेटको अर्को कठिन परीक्षण उडानको अन्त्य गरेको छ । अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठुलो र शक्तिशाली प्रक्षेपण यान साँझ ६ः३६ बजे (२३३६ जिएमटी) कम्पनीको स्टारबेस सुविधाबाट उडेको थियो…