चुनावमा हारेपछि जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदबाट राजीनामा दिएका छन् । बीबीसीका अनुसार, यसै वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारूढ गठबन्धन सरकारले संसद्को माथिल्लो सदनमा बहुमत गुमाएको थियो । त्यसपछि इशिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण बनेको टिप्पणी भइरहेको थियो । जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारूढ गठबन्धनले गत वर्ष अक्टोबरमै तल्लो सदनमा…