विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध

बाकु । हालै काजकस्तानमा भएको अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले अनुरोध गरेका छन् । क्रिसमसको दिनमा काजकस्तानको अकताउमा ३८ जनाको ज्यान जाने गरी सो विमान दुर्घटना भएको थियो । बाकुबाट रुसको चेचन्या क्षेत्रका लागि उडेको विमान रुसको हवाई क्षेत्रभित्र रुसी हवाई रक्षा प्रणालीले प्रहार गरेको मिसाइलको चपेटामा आएको ठानिएको…