लेबनानी भूमिमा इजरायली सेनाको प्रवेश, स्थल र हवाई दुवै आक्रमणमा तीव्रता

काठमाडौं । इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण शुरू गरेको छ । यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत 'अपरेशन' शुरू गरेको आईडीएफले जनाएको…