केरुङमा रोकिएका नेपाली फर्काउन चीनको निर्णय पर्खंदै

रसुवा । बाढीका कारण मितेरी पुल र सडक अवरुद्ध भएपछि चीनको केरुङमा रोकिएका नेपालीहरू स्वदेश फर्कन नसकेका छन्। चीनले उनीहरूलाई फर्काउनेबारे निर्णय नलिएपछि प्रक्रिया अघि बढ्न सकेको छैन। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार नेपाली पक्षले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई आग्रह गरिसकेको छ। चिनियाँ पक्षले हाल रोकिएकाहरूको खानपान र आवासको व्यवस्था गरिरहेको छ।…