दशैँमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुबाहक गाडी बाहिरिन पाउने

काठमाडौं । सरकारले दशैँ अवधिभर काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यात्रुबाहक गाडीलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था गर्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकले दशैँअघि सुरुङमार्गबाट बाहिरिन र दशैँपछि फर्कनेहरुलाई सुरुङमार्गबाट भित्रने दिने निर्णय गरेको हो । यस्तै बैठकले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठूला भारबहन अर्थात् १२ चक्के…