गृहमन्त्री लेखक: लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ

काठमाडौँ । लागूऔषध दुरुपयोग र अवैध कारोबार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गरिने बताएका छन्। उनका अनुसार, आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालयको मातहतमा लागूऔषध नियन्त्रण विभाग स्थापनाको योजना रहेको छ। उनले सरकारको प्राथमिकतामा लागूऔषध नियन्त्रण रहेको उल्लेख गर्दै, यसको रोकथामका लागि समाजदेखि विद्यालयसम्म चेतनामूलक कार्यक्रम…