काठमाडौँ । ट्राफिक प्रहरीले एक सर्वसाधारण व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठेको छ। सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको उक्त भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छन्, जसमा एक सर्वसाधारणलाई लडाएर बुटले प्रहार गरिरहेको देखिन्छ। भिडियोमा ट्राफिक पोसाकमा रहेका एक व्यक्तिले ती व्यक्तिलाई पटक-पटक लडाएर कुटपिट गरिरहेको स्पष्ट देखिन्छ। सर्वसाधारणको कागजात…