कञ्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेसका नेता बोहरा पक्राउ

काठमाडौँ । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता उद्धव बोहरा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका-१ का ३४ वर्षीय बोहरालाई काठमाडौँबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए । जोशीका अनुसार बोहरासहित पाँच जना समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका-१ हात्ती थलामा…