काठमाडौं । २०७८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१ दशमलव २ प्रतिशत रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आज प्रतिवेदन सार्वजनिक गर्दै धर्मबारे जानकारी गराएकाे हाे । कार्यालयका अनुसार बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् ।…