भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता



सुर्खेत । भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा १ क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए ।

उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नाम/ठेगाना खुल्न सकेको छैन ।

भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो ।