ग्यास बिक्री गर्दा घरायसी प्रयाेजनलाई पहिलाे प्राथमिकतामा राख्न निगमकाे निर्देशन

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको…