धरान । सुनसरीको धरानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-६ जरायोटारका ३७ वर्षीय अमृत रसाइलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनले २८ वर्षीया श्रीमती सम्झना रसाइलीको हत्या गरेको आरोप छ । अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको…