होलीलाई सभ्य, मर्यादित बनाउन र जबरजस्ती कसैलाई पनि रङ नहाल्न प्रहरीको आग्रह

होलीलाई सभ्य, मर्यादित बनाउन र जबरजस्ती कसैलाई पनि रङ नहाल्न प्रहरीको आग्रह


ग्लोब नेपाल
162
Shares

काठमाडौं । प्रहरीले रङहरूको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित बनाउन जबरजस्ती कसैलाई पनि रङ, अबिर नहाल्न आग्रह गरेको छ ।

रङ नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ, अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले सूचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादित, सभ्य र अनुशासित बनाउन आग्रह गरेको हो ।

जबरजस्ती लोला हान्ने, रङ्ग र फोहर पानी छ्याप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने लगायतका क्रियाकलाप नगर्न प्रहरीले अपिल गरेको छ । अश्लील र ठुलो आवाजमा डिजे बजाउन र बाटो र राजमार्ग समेत अवरोध हुने गरी होली नखेल्न प्रहरीले सूचना जारी गरेको हो ।

कानून विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानून अनुसार कारबाही गरिने जनाइएको छ । उता होलीमा हुन सक्ने सम्भावित घटना रोक्न र शान्ति सुरक्षाका लागि प्रहरीले होली विशेष सुरक्षा रणनीति लागु गरेको छ ।