बालकोटमा कान्छो छोरा र बाबु कोठामै मृत, जेठो छोरा बेपत्ता

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा कान्छो छोरा र बाबु कोठामै मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट छ । एउटै प्रकृतिबाट हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् । प्रहरीले…