काठमाडौं । लेदोसहित पहिरोले पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ । सुरूङमार्ग नजिकै लेदोसहित पहिरोले शुक्रबार दिउँसो सडक अवरूद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिने सवारी साधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लेदो र माटोसहितको झरेसँगै अहिले सडक दुवैतर्फ अवरूद्ध बनेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएका छन्…