काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका ४२ वर्षीय कुबेर तिवारी झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका तिवारी १८ माघमा फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा मृत फेला परेका हुन्। उनका भाइ हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाको जानकारी पाएका थिए। कुबेर विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए र पछिल्लो…