काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कुलदेवताले आज आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १५० जना स्थानीय लाभान्वित भएका छन् ।
मेडिलाइफ हेल्थकेयर क्लिनिक स्थापनाको छैटौं वार्षिक उत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं कुलदेवता र मेडिलाइफको संयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष जनक राज पाठकले बताए ।
स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञबाट स्त्री रोग सम्बन्धि चेकजाच, मधुमेह सम्बन्धि चेकजाच, रक्तचाप जाँच सेवा, जनरल फिजिसियनबाट स्वास्थ्य चेकजाच गरियो । उक्त शिविरबाट करिव १५० जना लाभान्वित भएको लायन्स क्लब अफ काठमाडौं कुलदेवताका अध्यक्ष पाठकले जानकारी दिए ।
कार्यक्रममा क्लबको तर्फबाट उपाध्यक्ष हरेन्द्र घिमिरे, सदस्य अनिता पाठक लगायतको उपस्थिति थियोे।
स्वास्थ्य शिविरमा लायन्स ३२५ ‘एम’ बाट टंक पौडेल, भुपराज काफ्ले, राजेश विसुराल, दुर्गा विसुराल, श्रृषिमाया पोख्रेल लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया