धर्मगुरु भनिने पुष्कर खतिवडा काठमाडौंकाे धुम्बाराहीबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित धर्मगुरु भनिने पुष्कर खतिवडा काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर यमराजको अनुष्ठान गर्दै गर्दा खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । खतिवडाले केही दिनअघि फेसबुकबाटै देशलाई बर्बाद बनाउने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए । उनले सामाजिक…