गङ्गटे–लब्दु–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्र प्रक्रिया अघि बढाउन नेता डा. महतको माग 

काठमाडौँ । नुवाकोटका जनप्रतिनिधिले गङ्गटे–लब्दु–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई आज उनकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वको जनप्रतिनिधिको समूहले स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रियामा अघि बढेको सडक यसअघिको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको जानकारी गराएको हो । प्रतिनिधिमण्डलको कुरा सुनिसकेपछि…