काठमाडौँ । नेपालका गाडी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये महिलाको तुलनामा चार गुणा धेरै पुरुष रहेका पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ साउनदेखि २०८१ असारसम्म भएका सडक दुर्घटनामा १५ हजार एक सय ६८ जनाको ज्यान गएको छ । उनीहरूमध्ये १२ हजार तीन सय तीन जना पुरुष र दुई हजार आठ…