काठमाडौं । गत बिहीबारदेखि शनिबारसम्मको भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा कम्तिमा ५ सय स्थानमा पहिरो खसेको छ । चितवन प्रहरीका अनुसार सानो ठूलो गरी ५ सयजति पहिरो खसेको हो । कतिपय पुलसमेत भत्किएका छन् । पहिरोका कारण कतिपय स्थानमा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । धेरै स्थानमा एकतर्फी मात्र सडक खुलेका कारण राजमार्गमा…