बागलुङमा पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९, दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परियारको शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । यस्तै, बडिगाड गाउँपालिका–१०, दर्लिङमा तीनवटा घर पुरिएका छन् ।…