ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मत्स्येन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ। पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मत्स्येन्द्रनाथका पुजारी साहु शाक्यले…