कृष्णसारको संख्या बढ्यो

बर्दिया । गुलरिया नगरपालिका-२ को खैरापुरको (पटाहा)मा कृष्णसारको संख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । नियमित गस्ती, प्रभावकारी अनुगमन, घाँसे मैदानको व्यवस्थापन, तारजाली तथा मर्मतका कारण कृष्णसारको सङ्ख्या बढेको कृष्णसार व्यवस्थापन परिषद्का अध्यक्ष दीपेन्द्र यादवले बताए ।…