पाँच नक्कली कम्पनीमार्फत ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ । फरार रहेका २६ जनासमेत गरी ४६ जनालाई प्रतिवादी बनाएर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीले प्रतिवादीहरूबाट दुई खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ…