बाढीपहिराबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बाढीपहिराबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आइतबार विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गरेका हुन् ।…