प्रेमिकाले धोका दिएपछि भिडियो कल गरेर प्रहरी जवानले आफैँलाई हाने गोली

काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका २२ वर्षीय अजित गोलेले प्रेमिकाले धोका दिएपछि गोली हानेर आत्महत्या गरेको खुलेको छ । घटनास्थलकाे मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या…