काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गरेका छन् । आज काठमाडौँको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गरेका हुन् । जगन्नाथ रथयात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिदेखि शुरु हुने गर्दछ । त्यस अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गरेका थिए ।…