काठमाडौं । मनसुनी प्रणाली देशभरि फैलिएको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते देशको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली देशभर फैलिएको मौसम पूर्वानमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ…