वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता

पर्सा । वीरगञ्जको रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए…