काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । मंगलबार बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई हटाएको हाे । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । सम्पदा क्षेत्रमा बस्न नदिने भएकाले हटाइएको महानगर प्रहरीले जानकारी दिएकाे छ । महानगरले अहिले शान्तिवाटिकामा ताला लगाएको छ…