काठमाडौं । नेपाली कांग्रेस सांसद सुशिला थिङले समाजमा यथावत रहेको लैङ्गिक विभेद अन्त्य गर्न संविधान संशोधन गर्न जरुरी रहेको बताएकी छन् । बुधबार काठमाडौंमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेको लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै प्रतिनिधिसभामा कांग्रेसकी सचेतकसमेत रहेकी थिङले नागरिकता कानुन केही संशोधन भएर आएपनि महिलामाथिको विभेद कायमै…