सुन प्रकरणमा मेरो परिवारको संलग्नता छैनः ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडिएपछि आपत्ति जनाएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान दिएको विषय बाहिरिएपछि आपत्ति जनाएका हुन्।…