काठमाडौं । अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षा प्रदान गर्ने तथा विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पु-याउने मूल लक्ष्यसहित स्थापित अरुणिमा परोपकार प्रतिष्ठानको पहिलो वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले उद्घाटन गरेको साधारण सभामा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यसहित समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । साधारण सभामा…