ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई पक्राउ गरेको छ । सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको सीआईबीकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । सीआईबीले आजै मात्रै ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेकाे थियाे । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट…