काठमाडौँ । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोय विरुद्ध वादेको मुद्दामा स्थापित गरेको नजीरलाई उल्ट्याउन गरेको फैसलाको घोर भत्र्सना गरेको छ । समूहले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी सर्वोच्च अदालतले डब्स विरुद्ध ज्याक्सन महिलाको स्वास्थ्य सङ्गठन मुद्दामा गरेको फैसला पश्चगामी भएको जानकारी गराइएको छ ।…