काठमाडौं । देशभर अझैं गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेसका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना रहेको छ…