काठमाडौं । आफ्नै फाउन्डेसनले सञ्चालन गरेको विद्यालयका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत खोटाङले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो…