हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मकाे बडादसैँका साइत

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादसैँको शुभसाइतबारे जानकारी गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादसैँको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो । गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।…