भोलि फेरि बस्ने गरि सकियो मिटरब्याज पीडित र सरकारबीचको वार्ता

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता विना निश्कर्ष सकिएको छ । आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई ६ बुँदे मागपत्र बुझाएको छ । त्यस्तै दुई टोलीबीच परिचय भएपछि आइतबारको वार्ता सकिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । उनका अनुसार मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले सानो बनाउन…