सांसद भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

काठमाडौं । ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् । हरिकला ८६ वर्षकी थिइन् । अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो…