काठमाडौं । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी विषय ‘प्रचलित कानूनबमोजिम निरूपण गरिनुपर्ने विषय’ भएको बताएको छ । गत माघ १३ गते भएको यससम्बन्धी फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा सर्वोच्चले लामिछानेले प्रयोग गरेको दोहोरो राहदानीबारे बोलेको हो । “यो विषय तत्काल प्रचलित राहदानी ऐन…