काठमाडौं । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सिन्धुलीकाे फिक्कलमा दुर्घटनामा परेकाे बसमा मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन् । दुर्घटनाग्रस्त बस घटना स्थलबाट हटाउने क्रममा च्यापिएको अवस्थामा थप १ जना मृतक फेला परेको प्रहरीले जनाएकाे छ…