लमजुङ । लमजुङको राइनास नगरपालिकाले साढे १६ करोड खर्च गरेको छ । नगरसभामा उपप्रमुख पुष्पराज खनालले अर्ध वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै राइनास नगरपालिकामा चालु आर्थिक वर्षमा हालसम्म १६ करोड ५३ लाख ८८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार चालु आवका लागि ३८ करोड २० लाख ४ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो…