काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले १० वर्षे जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका छन् । बैद्यले जनयुद्धको अन्तिम समयमा बिजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताका सपना चकनाचुर भएको बताए । जनताका सपना पूरा गर्नकै लागि अब जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ…