नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।  बुधबार जारी प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।  तर, अहिलेसम्म सो घटनाको योजनाकार पक्राउ नपरेको भन्दै सरकारको आलोचना गरेका…