अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः चार करोडभन्दा बढी दासताको सिकार

काठमाडौं। आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, "नेपालमा दासत्वको समकालीन रूपहरू उन्मूलन गर्दै" भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा दास तथा दासता प्रथाको अन्त्य भए पनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपूर्ण बनिरहेको छ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न सन् १९४९ देखि हरेक वर्ष २ डिसेम्बरका दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त…