काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । आइतबार एक सूचना निकाल्दै, नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार अर्को आदेश नभएसम्मका लागि ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको…